बैशाख १९, २०८१, बुधबार
               

खबरमा छैन गाउँको नामः निर्भयाका दोषी विनयको गाउँ पुग्दा...

एजेन्सी
चैत ०८, २०७६

ADVERTISEMENT

एजेन्सी । उत्तर प्रदेशको बस्तीबाट ३५ किलोमिटरको दुरीमा रुधौलीथाना क्षेत्र छ । त्यहाँ विनय शर्माको गाउँ छ । 

गाउँको नाम हामीले उल्लेख गरेका छैनौं । किनकी, यहाँका मानिसले भने, 'विनयको कारण हाम्रो यो गाउँको नाम खराब नहोस् । कृपया तपाइँले खबर (समाचार) मा यस गाउँको नाम नलेखिदिनुहोला । त्यसबाट यस गाउँका नौजवानहरुको भविष्य खराब हुन सक्छ ।'

हामी सुरुमा विनयको घर पुग्यौं । घरको पिढीमा विनयका अंकल र आन्टी बसिरहेका थिए । विनयको नाम लिनासाथ आन्टी रुन थालिन् । उनको आँखाबाट आँशु रोकिएन ।

उनले भनिन्, 'पूरा दुनिया हाम्रो छोराविरुद्ध लागेपछि उ बच्न सकेन । सबैलाई लागिरहेको होला यस फासीको घटनापछि केही बदलिनेछ । तर त्यस्तो केही हुनेवाला छैन ।'

उनले भनिन्, 'अब जहाँ बलात्कारका घटना हुन्छन्, त्यसको दोषीलाई पनि अदालतले फाँसीको सजाय दिन्छ ? हरेक दोषीलाई फाँसी दिइयो भने त ठिक हो । नत्र यो गलत भयो ।'

१५ दिनअघि सगाई

१६ डिसेम्बर २०१२ मा भएको निर्भया काण्डभन्दा ठिक १५ दिन पहिले विनयको सगाई भएको थियो । विनय सगाईको लागि गाउँ आएका थिए । गाउँमा उनको फलदान भयो । छिट्टै विवाह गर्ने तयारी थियो ।

'तर दिल्लीमा भएको काण्डपछि हाम्रो परिवारले केटीको परिवारसँग माफी माग्यौं । र अर्कै ठाउँमा विवाह गरिदिन आग्रह गर्यौं ।'  विनयका अंकलले भने ।

विनयका अंकल मायारामले भने, 'हामी तीन भाइ छौं । विनयका बुबा हरिराम पहिलेदेखि नै दिल्लीमा बस्दै आएका थिए । त्यहाँ उनले गुब्बारा बेच्थे । विनय दिल्लीमै जन्मिएका हुन् । तर उनले इन्टरसम्म गाउँमै बसेर अध्ययन गरे ।'

'हाम्रो घरमा टिभी छैन । बिहान ४ बजेदेखि हामी छिमेकीको घरमा टिभी हेर्न जान्थ्यौं । जुन घटना भयो त्यो निकै गलत थियो । दोषीलाई आजीवन कारावासको सजाय दिएको भए राम्रो हुन्थ्यो ।' उनले सुनाए । 

सात वर्षसम्म मिडियालाई यस गाउँको बारेमा सकन थाहा भएन ? भन्ने प्रश्नमा उनले भने, 'जब त्यो घटना भयो त्यसपछि विनयका बुबाले ठेगाना दिल्लीकै दिए । उनले आफ्नो गाउँको नामको बारेमा केही खुलाएनन् ।'

-दैनिक भाष्करबाट


कस्तो लाग्यो ?

यो पनि