जेठ ०२, २०८१, बुधबार
               

आमाले निर्भयाको फोटो छातीमा टाँसिन् र भनिन्...

एजेन्सी
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । देशमा 'न्यायको समय'को सबैले प्रतीक्षा गरिरहेका थिए । 

भारतमा निर्भयाका बलात्कारी ४ जना दोषीलाई शुक्रबार बिहान  फाँसी दिइएको छ ।

भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई फाँसी दिइएको हो । 

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाईकोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । 

भारतीय सुप्रिम कोर्टले पवन (चार दोषीमध्ये एक) को दया याचिका खारिज गरिदिएको थियो ।

यसैबीच, छोरी गुमाउनु परेको पीडाबीच अपराधीले सजाय पाएकोमा निर्भयाकी आमा खुशी छिन् । 

'आजको बिहान र आजको दिन निर्भयाको हो, निर्भयाजस्तै छोरीहरुको दिन हो । अपराधीलाई फासी मिलेको छ र हामीलाई न्याय ।' उनले भनिन् ।

'म सरकार तथा न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु । मैले बिहानै मेरो छोरीको तस्विर लिएँ, मेरा आँखा रसाए र तस्विर छातीमा टाँसेर भने, छोरी आज तिमीले न्याय पायौ ।' निर्भयाकी आमाले भनिन् ।

निर्भयाकी आमा आशा देवीले भनिन्, 'सात वर्षको लामो लडाइपछि बल्ल छोरीको आत्मालाई शान्ति मिलेको छ ।'


कस्तो लाग्यो ?

यो पनि