जेठ ०२, २०८१, बुधबार
               

निर्भयाका चारै जना बलात्कारीलाई दिइयो फाँसी

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा निर्भयाका बलात्कारी ४ जना दोषीलाई शुक्रबार बिहान  फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई फाँसी दिइएको हो ।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाईकोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए ।

निर्भया बलात्कारीहरूलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरू मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो ।

दोषीहरूका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए ।

दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरूका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए । उनीहरूले सन् २०१२ मा २३ वर्षीया छात्रा निर्भयालाई बसभित्रै सामूहिक बलात्कार गरी हत्या गरेका थिए ।

सात वर्ष, तीन महिना चार दिनपछि आफूहरुले न्याय पाएको भन्दै निर्भयाका परिवारले खुसी व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि