जेठ ०२, २०८१, बुधबार
               

कोभिड–१९ का कारण एशियाभन्दा युरोपमा बढीको मृत्यु

एजेन्सी
चैत ०६, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एसियाभन्दा युरोपमा बढी पुगेको तथ्याङ्कमा देखिएको छ ।

ग्रिनबिच समयअनुसार कारोना भाइरस संक्रमणको तथ्याङ्कमा युरोपका बढी प्रभावित मुलुकहरू इटाली, स्पेन लगायतका मुलुकमा तीन हजार ४ सय २२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३ सय ८४ रहेको छ ।

प्राप्त तथ्याङ्कअनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २ लाख १८ हजार १ सय ७७ पुगेको छ भने आठ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने युरोपमा इटालीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २ सय ३७ पुगेको छ । इटालीमा दुई हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित युरोपेली मुलुक स्पेनमा ६ सय ३८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ ।हालसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८ हजार ९ सय ५२ जनाको ज्यान गइसकेको छ ।

यस भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १८ हजार ९ सय ५३ पुगेको छ भने, ८४ हजार ७ सय ९५ मानिस उपचारपछि ठिक भएर घर फर्किएका छन् ।

चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ७ सय ३४ पुगेको छ भने चीनमा ८२ हजार २ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनपछि बढी सङ्क्रमित सङ्ख्या इटालीमा ३५ हजार ७ सय १३ जना रहेको छ भने इरानमा १७ हजार ३ सय ६१ पुगेको छ । इरानमा १ हजार १ सय ३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै, विश्वभर ८४ हजार १ सय १२ जना निको भएर घर फर्किएका छन् । हालसम्म १ सय ७३ देशमा कोरोनाले प्रभाव जमाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि