जेठ ०२, २०८१, बुधबार
               

चीनमा विद्यार्थी स्कुल जान थाले

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसले अहिले विश्व आतंक्रित छ । तर, यसको सुरुवात भएको चीनमा भने विस्तारै जीवन फेरि लयमा फर्किन थालेको छ । त्यहाँका केही प्रान्तहरूमा  पसलहरू खुल्न थालेका छन् । मानिसहरू आफ्नो दैनिकीमा फर्किन थालेका छन् । 

चाइना सेन्ट्रल टिभीका अनुसार दक्षिण पश्चिम चीनको ग्वानझाओ प्रान्तमा विद्यालयहरू पनि खुल्न थालेको जनाएको छ । त्यहाँ एक महिनाभन्दा बढी समयसम्म सबै विद्यालयहरू बन्द भएका थिए । 

पछिल्ला केही दिनयता कोरोना संक्रमित व्यक्तिहरूको संख्या पनि चीनमा निकै कम हुन थालेका छन् । चीनमा कम हुँदै गए पनि अब युरोप र अमेरिकामा कोराना भाइरसको संक्रमण निकै डरलाग्दो रूपमा बढिरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि