जेठ ०२, २०८१, बुधबार
               

चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला

एजेन्सी
चैत ०५, २०७६

चीनले यसअघि देश निकाला गरेका पत्रकार फिलिप वेन (बायाँ) र जोश चेन
ADVERTISEMENT

एजेन्सी । चीनले तीन जना अमेरिकी पत्रकारलाई देशबाट निकाल्ने भएको छ ।

अमेरिकी मिडिया न्यु योर्क टाईम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोस्टका पत्रकारमाथी चीनले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

कोरोना भाइरसको विषयमा भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाउँदै ती पत्रकारलाई देश निकाला गर्न लागेको चीन सरकारले उल्लेख गरेको छ ।

हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको खबरअनुसार, चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै १० दिनभित्र चीन छाड्न आग्रह गरेको छ । 

चीन सरकारले यसअभि पनि वाल स्ट्रिट जर्नलका पत्रकार फिलिप वेन र जोश चेनलाई देश निकाला गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि