जेठ ०२, २०८१, बुधबार
               

कतारद्वारा नेपालीको बाहुल्यता रहेको क्षेत्रमा दुई सातासम्म आवतजावतमा रोक

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । कतारको आन्तरिक मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपाली कामदारको बाहुल्यता रहेको सनैया क्षेत्रमा मंगलबारदेखि दुई सातासम्मका लागि आवतजावतमा रोक लगाएको छ । 

कोरोना फैलिन नदिन भन्दै कतार विज्ञप्ति निकालेर यो क्षेत्रम आवतजावत गर्न रोक लगाएको हो । यो क्षेत्रमा एक लाखभन्दा बढी कामदार बस्ने भए पनि यहाँ नेपाली कामदारको बाहुल्यत छ । 

दोहास्थित नेपाली दूतावासले कतार सरकारको अनुरोधलाई पूर्ण रुपमा पालना गर्नका लागि नेपालीसँग अनुरोध गरेको छ । दूतावासले भीडभाडमा नजान र क्याम्पको गेटबाट बाहिर ननिस्कन भन्दै यस्तो अनुरोध गरेको हो ।

यो पनि