जेठ ०५, २०८१, शनिबार
               

जब प्रहरीले नै गरे आत्महत्या

एजेन्सी
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको छत्तीसगढस्थित जशपुर जिल्लामा एक प्रहरी अधिकारीले आत्महत्या गरेका छन् ।

खबरअनुसार, ४० वर्षीय कन्स्टेबल रितेश प्रधानको शव शनिबमर बिहान फेला परेको थियो ।

भागपुर इलाकामा बिहान लगभग ११ः३० बजे उनकी श्रीमतीले छरको छतमा झुण्डिएको अवस्थामा देखेकी थिइन् ।

प्रहरीका अनुसार, घटनाको अनुसन्धान सुरु भएको छ । घटनास्थलमा सुसाइट नोट नभेटिएको प्रहरीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, पछिल्लो एक महिनामा यस राज्यमा प्रहरीले आत्महत्या गरेको यो चौथो घटना हो ।

छत्तीसगढ सरकारले अघिल्लो महिना विधानसभामा जानकारी गराएको थियो कि, पछिल्ला दुई वर्षमा राज्यका अर्धसैनिक बलका जवानसहित ५० प्रहरी अधिकारीले आत्महत्या गरिसकेका छन् ।

पारिवारिक तनाव तथा स्वास्थ्यसम्बन्धि समस्या लगायतका कारण उनीहरुले आत्महत्या गरेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि