ट्विटरले आफ्ना विश्वभरका कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको छ ।
विश्वभर कोरोनाको त्रास फैलिरहेको भन्दै ट्विटरले विश्वभरका विभिन्न मुलुकमा रहेका आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको हो ।
ट्विटरले सूचना जारी गर्दै अभूतपूर्व कदमलाई आफूले बुझ्ने र यो अकल्पनीय अवस्था भएको बताएको छ । ‘हामीले सक्ने सम्पूर्ण सहयोग गर्न तयार छौं,’ कम्पनीले भनेको छ ।