जेठ ०५, २०८१, शनिबार
               

युरोपबाट अमेरिका प्रवेशमा रोक

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण युरोपबाट अमेरिका प्रवेशमा रोक लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका प्रवेशमा रोक लगाएका हुन् ।

यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले उक्त घोषणा गरेका हुन् । यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् ।

बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि