बैशाख १७, २०८१, सोमबार
               

रुसी राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव संसदद्वारा पारित

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल १२ वर्ष लम्ब्याउने प्रस्ताव रुसी संसदले पारित गरेको छ ।

यो प्रस्ताव अब जनमत संग्रहमा जाने छ । त्यहाँ बहुमत पाएमा पुटिन सन् २०२४ पछि थप १२ वर्ष राष्ट्रपति हुने छन् । जनमत संग्रह आगामी अप्रिल २२ मा हुने छ । पुटिनको कार्यकाल भने चार अझै साढे तीन वर्षभन्दा बढी बाँकी नै छ ।

संसदको तल्लो सदनमा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत परेको थियो । ४३ जना सांसद अनुपस्थित भएपछि उनको विपक्षमा एक मत पनि परेन । विपक्षी दलहरुले राष्ट्रपतिको संविधान संशोधनको प्रस्तावको भत्सर्ना गर्दै आन्दोलन गर्ने जनाएका छन् ।

रुपमा पुटिनले सत्ता सम्हालेको दुई दशक भइसकेको छ । उनी ६७ वर्षका छन् । उनले दुई कार्यकाल राष्ट्रपति र एक कार्यकाली प्रधानमन्त्री भएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि