बैशाख १४, २०८१, शुक्रबार
               

महाकर्णिका घाटः जहाँ चिताको भस्मबाट हाेली खेलिन्छ

एजेन्सी
फागुन २७, २०७६

ADVERTISEMENT

एजेन्सी । होली रंग–राग, आनन्द–उमंग तथा प्रेम–हर्षोल्लासको उत्सव हो ।

विभिन्न देशमा फरक–फरक तरिकाले होली खेल्ने प्रचलन छ । 

मोक्ष नगरीको रुपमा प्रसिद्ध काशीमा खेलिने होली अन्य ठाउँको भन्दा फरक मात्र छैन, अद्भुत (अकल्पनीय) पनि छ ।

तपाइँले रंगहरुले होली खेल्दै आउनुभएको छ । तर महादेवको नगरी काशीस्थित वाराणसी मणिकर्णिका घाटमा (शिव भक्त महाश्मशानमा) जलेका शवको भस्मबाट होली खेल्ने गरिन्छ ।

फगुन एकादशीमा यहाँ बाबा विश्वनाथको पालकी (रथ) निकालिन्छ र मानिसहरु होलीको उत्सव मनाउने गर्छन् ।

प्राचिन मान्यताअनुसार, बाबाले उक्त दिन पार्वती पार्वतीलाई गौना गरेर दरबार फर्किन्छन् । दोस्रो दिन शंकर आफ्नो औघड रुपमा श्मशान घाटमा जलिरहेको चिता बीच चिता–भस्मको होली खेलिरहेका हुन्छन् ।

त्यही मान्यताअनुसार उक्त दिन मणिकर्णिका घाटमा चिताको भस्मबाट होली खेल्दै आइएको छ ।


कस्तो लाग्यो ?

यो पनि