जेठ ०६, २०८१, आइतबार
               

उत्तर कोरियाद्वारा मिसाइल प्रहार

एजेन्सी
फागुन २७, २०७६

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाले सोमबार छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको छ ।

महत्वपूर्ण एक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । 

सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान–कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको छ ।

उक्त मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्म पुगेका छन् । सैनिकहरुले थप प्रक्षेपणको निगरानी गरिरहेको र आवश्यक तयारी गरिरहेका छन् ।’

जापान रक्षामन्त्रालयका प्रवक्ताले उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएका छन् । तर, जापानको भू–भागमा पुगेको संकेत भने नआएको उनले बताए । 

विगत १० दिनदेखि उत्तर कोरियाली नेता किम जोङ उनले दुई चरणको लाइभ–फायर आर्टीलरी अभ्यासको सुपरभाइज गरिरहेको बताएका थिए । नोभेम्बर यताको यो पहिलो हतियार परीक्षण भएको बताइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि