कात्तिक ०९, २०८१, शुक्रबार
               

सुडानका प्रधानमन्त्रीलाई लक्ष्य गरी बम विस्फाेट

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकमाथि राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्ष्य गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाइ छ । 

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन् । प्रधानमन्त्री कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोट गराइएको थियो। विस्फोटपछि तत्काल सुरक्षाकर्मीले उनलाई ‘सुरक्षित स्थलमा’ लगेका थिए। 

उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।

भिडियोमा प्रधानमन्त्री हामडोक चढेको सवारी साधनसहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए, जसका झ्यालका सिसाहरु फुटेका थिए। विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो।

प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए। जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। 

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो। सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो। परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो।

यसैबीच बम हमलाबाट जोगिएका सुडानी प्रधानमन्त्रीले ट्विटमार्फत भनेका छन्, ‘म सुडानका जनतालाई आश्वस्त पार्न चाहन्छु कि म सुरक्षित छु र राम्रो स्थितिमा छु ।' 

लामो समय सत्तामा बिताएका राष्ट्रपति अमर अल बसिरको पतनपछि प्रधानमन्त्री हामडोक नेतृत्वमा आएका थिए । उनले यो हमलाले सुडानमा परिवर्तनको लागि थप धक्का दिएको बताएका छन् । 

 

यो पनि