बैशाख ०८, २०८१, शनिबार
               

नेपालसहित १४ देशका नागरिकमाथि कतारद्वारा आवागमनमा अस्थायी प्रतिबन्ध, उडान प्रभावित

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

कतारले सोमबारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएको छ । 

यसँगै नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिन मात्र सोमबार उडान गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । 

त्यसबाहेक नेपालमा दैनिक तीन वटा उडान गरिरहेको कतार एअरवेज र सातामा चार उडान गर्ने हिमालय एअरलाइन्ससमेत प्रभावित हुने अवस्था सिर्जना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका केशव भट्टराईले भने, ‘तर कतार एअरवेजले अन्य देश यात्रा गर्ने ट्रान्जिट यात्रुहरू भने बोक्ने जानकारी हामीलाई दिएको छ। आज भने कतार एअरवेजका तीनवटै उडान तालिकामा कुनै फेरबदल भएको जानकारी आइपुगेको छैन।’

यद्यपि यसकै कारण कतार एअरवेजका उडान संख्या भने अब घट्न सक्ने अधिकारीहरूले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि