जेठ ०८, २०८१, मंगलबार
               

तीन वर्षीया बच्ची समेत केरोनाबाट संक्रमित

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको केरलमा इटलीबाट फर्किएकी तीन वर्षको बच्चामा समेत कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । 

मार्च ७ मा आफ्ना बुबा–आमासँग तीन वर्षीया बच्ची स्वदेश फर्किएकी थिइन् ।

एयरपोर्टमा थर्मल स्क्रिनिङ गर्ने क्रममा उनलाई कोरोना भाइरस को लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनलाई मेडिकल कलेजको आइसोलेशन वार्डमा राखिएको छ । स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

यसैबीच, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ ।

मोदीको भ्रमण रद्द

भारतको छिमेकी राष्ट्र बंगलादेशमा समेत कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ढाका भ्रमण रद्द गरिदिएका छन् ।

मोदीलाई मार्च १७ मा हुन लागेको बंगलादेशका राष्ट्रपिता शेख शेख मुजीबुर्रहमानको जन्म शताब्दी समारोहमा मुख्य वक्ताको रुपमा आमन्त्रित गरिएको थियो ।

कोरोना भाइरसको खतराका बीच बंगलादेश सरकारले कार्यक्रमलाई छोट्याउने घोषणा गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि