बैशाख ०७, २०८१, शुक्रबार
               

नेपालसहित १४ देशका नागरिकलाई कतार जान प्रतिबन्ध

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण कतार जानको लागि नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध लगाइएको छ ।

नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ ।

उक्त निर्णय कोरोना भाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।

जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोना भाइरसलाई रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि