जेठ ०५, २०८१, शनिबार
               

दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

“खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताए । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उनले बताए। घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक ६ वर्षकी बालिका रहेकी छन् ।

घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि