बैशाख २२, २०८१, शनिबार
               

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्युभएको थियो । उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् ।

सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्र्जभेटरी फर ह्युमन राइट्सका अनुसार दाविरियनलाई दमास्कसको दक्षिण क्षेत्रमा रहेको सायिदा जायनब भन्ने इलाकामा मारिएको थियो ।

संस्थाका अनुसार दाविरियनले इजरायलद्वारा नियन्त्रण रहेको गोलन हाइट्स र पालमिरामा इस्लामिक स्टेटका लडाकूहरूको नेतृत्व गर्दै आएका बताइएको छ । उनी लेबनानी सिया हेजबुल्ला समूहका महासचिब हसन नसरल्लाको निकटस्थ रहेर काम गर्दै आएका पनि उक्त संस्थाले जनाएको छ ।

हत्याबारे थप विवरणहरू प्राप्त हुन सकेका छैनन तर शुक्रबार इजरायलले इरान निकट मानिने सिरियाली लडाकू दस्तालाई लक्षित गरी केही हवाई आक्रमण  गरेको पुष्टि स्थानीयले गरेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई इरानले हतियार तथा सैन्य सहयोग गर्दै आएको छ ।  


कस्तो लाग्यो ?

यो पनि