जेठ ०४, २०८१, शुक्रबार
               

तालिवानी आक्रमणमा परी सात सर्वसाधारण मारिए

एजेन्सी
फागुन २४, २०७६

सांकेतिक
ADVERTISEMENT

तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ । 

हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिए । शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए ।

आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिए । घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि