जेठ ०५, २०८१, शनिबार
               

नमस्ते गर्दै रेलको लिकमा हामफालेर आत्महत्या

एजेन्सी
फागुन २४, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा नमस्ते गरेर एक महिलाले आत्महत्या गरेकी छन् । शुक्रबार झारखण्डस्थित रेलको लिकमा हामफालेर महिलाले आत्महत्या गरेकी हुन् ।

शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलको अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले आत्महत्या गरेकी हुन् । 

श्रीपल्ली निवासी मीनाक्षीले किन आत्महत्या गरिन् भन्ने खुल्न नसकेको प्रहरी अधिकारीहरुले बताए । । प्रहरीका अनुसार मृतक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

मीनाक्षी करिब २० मिनेटदेखि रेलवे स्टेशनको एक छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी जुरुक्क उठेर रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हामफालेकी थिइन् ।

घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । मृतकका पति पुरुषोत्तम सिंह भने कोलाकातामा बस्दै आएको बताइन्छ । उनको पैतृक गाउँ बिहारको मुगेर जिल्लामा पर्दछ ।

पुरुषोत्तमका दाजु विजय सिंह परिवारका सदस्यहरुका साथ जामताडास्थित अपार्टमेन्टमा बस्दै आएका छन् । मृतक मीनाक्षी केही महिना अघि छोरीका साथ जामताडामा पुगेकी थिइन् ।
 


कस्तो लाग्यो ?

यो पनि