मंसिर ०७, २०८१, शुक्रबार
               

द सिटी अफ लन्डनले आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता लियो

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ आङसाङ सुकीले प्राप्त गरेको नोबेल शान्ति  पुरस्कारको सम्मान बिहीबार फिर्ता
लिएको छ।

म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका कारण सुकीबाट सो सम्मान फिर्ता लिने निर्णय लिएको हो । द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्षअगाडि सम्मान प्रदान गरिएको थियो ।

गत डिसेम्बरमा द हेगको अन्तरर्राष्ट्रिय अदालतमा आइसी उपस्थित सुकीले रोहिंग्या पीडितविरुद्ध बलात्कार, आगजनी र सामूहिक हत्याको आरोपमा देशको बचाउ गरेकी थिइन् ।

उनले हेगमा म्यानमारका सेनाहरूले नरसंहार गरेको नभई रोहिंग्या मुसलमानहरूले दर्जन बढी प्रहरी चौकीमा गरेको आक्रमणको प्रतिकार गरेको भन्दै देशको सेनाको बचाउ गरेकी थिइन् । 

उनले त्यसलाई आन्तरिक द्वन्द्व मामिला भएको बताउँदै सेनाको कदमबाट मानव अधिकारको उलङ्घन भएको भए पनि आमनरसंहारको स्तरमा नपुगेको बताएकी थिइन् । उनको यो किसिमको बयानपछि द सिटी अफ लन्डनको यो निर्णय सार्वजनिक भएको हो।

उनलाई यो सम्मान प्रजातन्त्र, शान्ति, सुरक्षा र स्वतन्त्रताको पक्षमा उनले वर्षौदेखि गरेको गैरहिंसात्मक लडाईंका लागि प्रदान गरिएको थियो । सुकीसँगै यो सम्मानबाट विन्स्टन चर्चिल, नेल्सन मण्डेला तथा वैज्ञानिक स्टेफन हकिन्स सम्मानित छन् ।


कस्तो लाग्यो ?

यो पनि