जेठ ०८, २०८१, मंगलबार
               

दक्षिण कोरियामा २८ जनाको मृत्यु

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या ५ हजार पुगेको छ । 

त्यस्तै कोरोनाको संक्रमणबाट दक्षीण कोरियामा थप दुईजनाको मृत्यु भएको छ । 

योसँगै कोरोना भाइरसका कारण दक्षिण कोरियामा २८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । 

चीनपछि दक्षिण कोरियामा कोरोनाको संक्रमण बढी देखिएको छ ।

त्यस्तै कोरोनाकै कारण अमेरिकामा सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४० भन्दा बढी रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण पछिल्लो २४ घण्टामा चीनभन्दा बाहिर १५ सयजना नयाँ संक्रमितहरु भेटिएको जनाएको छ । 

कोरोनाका कारण चीनभन्दा बाहिर १ सय २८ जनाको मृत्यु भइसकेको पनि डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार चिनभन्दा बाहिर ६४ देशमा कोरोना फैलिएको छ र ८ हजार ७ सय ७४ जना संक्रमितहरु भेटिएका छन् ।

त्यस्तै कोरोना भाइरस सुरु भएको चीनमा भने मृत्यु हुनेको संख्या २ हजार ९ सय ४३ पुगेको छ । 

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मंगलबारसम्म यसका संक्रमितको संख्या ८० हजार १ सय ५१ पुगेको छ ।

सोमबार मात्र कोरोनाका कारण चीनमा ३१ जनाको मृत्यु भएको थियो भने १ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि