जेठ ०६, २०८१, आइतबार
               

जसले परीक्षा दिन नपरोस् भनेर भतिजाको अपहरण गरे

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । भारत मध्य प्रदशको मुरैना जिल्लाका १२ कक्षामा अध्ययनरत एक विद्यार्थीले तीन वर्षीया भतिजा (दाइको छोरा) को अपहरण गरे । उनले अपहरण गर्नुको कारण अचम्मको छ ।

आफूले बोर्ड परीक्षा दिन नपरोस् भनेर उनले भतिजाको अपहरण गरेका हुन् ।

'परिवारमा सानो बच्चा हराएपछि सबैजना बच्चाको खोजीमा जाने र आफू पनि बच्चाको खोजी गर्न जानुपर्ने' उनले सोचे । 

बच्चा हराएपछि परिवारमा बच्चाको तनाव हुने र आफ्नो परीक्षाको बारेमा अरुको ध्यान नजाने उनले विचार गरे र आफैले भतिजाको अपहरण गरे । यसै बहानामा सोमबारको परीक्षा उनले दिएनन् । 

बच्चा अपहरण गरेसँगै उनले घरमा एक चिठ्ठी छाडेका थिए । जसमा लेखिएको थियो, 'यदि बच्चा जिउँदै चाहनुहुन्छ भने, रणवीर (आरोपी) को पढाइ छुटाइदिनु ।'

बच्चा अपहरणको खबर पाएपछि प्रहरी घटनास्थल पुग्यो । प्रहरी पुग्नासाथ आरोपी (रणवीर) ले 'यो चिठ्ठी खाटमा भेटेको' भन्दै प्रहरीलाई दिए ।

प्रहरीले चिठ्ठी पढ्यो । प्रहरीले रणवीरसँग सोधपुछ गर्यो । प्रहरीका अघि उनले झुट लुकाउन सकेनन् । र सबै कुरा प्रहरीसामू खुलस्त पारे ।

त्यसपछि प्रहरी सहितको टोलीले रसीले बाँधिएको अवस्थामा खेतबाट बच्चाको सकुशल उद्दार गर्यो । 

प्रहरीका अनुसार, रणवीरलाई पाढाइमा रुची छैन । उनी यसअघि १० कक्षामा पनि तीन पटक फेल भएका थिए । एक पटकको परीक्षाको समयमा उनी गायब नै भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि