जेठ ०६, २०८१, आइतबार
               

मोदीको ट्विटले नयाँ तरंग, किन लेखे यस्तो ?

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउट ट्विटले अहिले नयाँ तरंग उत्पन्न गरेको छ ।

मोदीले सोमबार राति ८ः५६ मा एउटा ट्विट गरेका छन् । उक्त ट्विटले दुनियाँलाई तरंगित पारिदिएको हो । 

मोदीले ट्विटमा लेखेका छन्, ‘सोचिराखेको छु कि यस आइतबारबाट ट्विटर, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालको अकाउन्ट बन्द गरिदिउँ ।’

यद्यपि उनले यो कदमको उद्देश्यबारे कुनै कारण खोलेका छैनन् । 

उनले सामाजिक सञ्जालका अकाउन्ट बन्द गर्छन् या गर्दैनन् यो दुनियाको लागि चासोको विषय बनिदिएको छ ।

उनका विश्वभर रहेका फलोअर्सहरुले यस विषयमा विभिन्न टिप्पणीहरु गरिरहेका छन् ।

उनको ट्विटरमा ५ करोड ३३ लाखभन्दा बढी फलोअर्स र फेसबुकमा चार करोड ४७ लाखभन्दा बढी फलोअर्स छन् । इन्स्टाग्राममा मोदीलाईै फलो गर्ने तीन करोड ५२ लाख छन् । 

युट्यबमा उनलाई चार करोड ५१ लाखले सब्सक्राइब गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि