जेठ ०६, २०८१, आइतबार
               

निर्भया काण्डका दोषीलाई सुनाइएको मृत्युदण्ड रोकियो, आमाको यस्तो प्रश्न

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । 

अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । 

अदालतले मृत्युदण्डको सजाय रोक्ने फैसला सुनाउँदै आरोपी चार जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको बताएको छ । 

अदालतले चार जनामध्ये एक जनाको दयाँ याचिका पेन्डिङमा भएकोले फाँसी दिन नसकिने समेत स्पष्ट पारेको छ । 

यसअघि सोमबार पटियाला हाउस अदालतले दोषी अक्षय सिंह र पवनकुमार गुप्ताले मृत्युदण्ड सम्बन्धी मुद्दामा रोक लगाइदिन भनी दायर गरेको याचिका खारेज गरिदिएको थियो । 

आरोपीहरुमाथि यसअघि पटक–पटक फाँसी दिने मिति घोषणा भएपनि अदालतले उक्त मिति सार्दै आएको छ ।   

निर्भयाकी आमा आशादेवीले प्रश्न गरिन्, 'दोषीहरुलाई फासी दिने आफ्नै आदेशमाथि अदालत किन यत्रो समय लगाइरहेको छ ? उनीहरु सजाय दिनुपर्नेलाई किन पटक पटक रोक लगाउँछ ?' देशको कानुनी प्रणाली नै अपराधीलाई मदत गर्ने गरेको उनले टिप्पणी गरिन् । 


कस्तो लाग्यो ?

यो पनि