जेठ ०८, २०८१, मंगलबार
               

कोराना भाइरसः अमेरिकामा थप एकको मृत्यु, ६० भन्दा बढी देशमा फैलियो

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनबाहिर अन्य देशमा पनि कोरोना भाइरसको प्रकोप बढिरेहको छ । 

कोरोना भाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १,६९४ जनामा कोरोना भाइरस संक्रमण भएको बताइएको छ ।

कोरोनाभाइरसबाट अमेरिकामा सोमबार अर्का एक व्यक्तिको पनि मृत्यु भएको खबर सार्वजनिक भएको छ । अमेरिकामा गत शुक्रबार कोरोनाभाइरसबाट पहिलोपटक एक व्यक्तिको ज्यान गएको थियो । 

विश्वभर अहिलेसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या तीन हजारभन्दा बढी नाघिसकेको छ । यस भाइरसबाट ८९ हजारभभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

चीन बाहिर सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा देखिएको छ । कोरियामा ३,७३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरियामा १७ जानको मृत्यु भइसकेको छ ।

चीनमा एकै दिन ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मृतकको संख्या २,९१२ पुगेको छ । भाइरसबाट सबैभन्दा बढी प्रभावित हुवेइ क्षेत्रमा २,८०३ जनाको ज्यान गइसकेको छ ।

चीनबाट उत्पत्ति भएको कोरोना भाइरस ६० भन्दा बढी देशमा फैलिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि