जेठ ०६, २०८१, आइतबार
               

तस्विर भाइरल भएपछि बोलिन् इभांका ट्रम्प (तस्विरसहित)

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

एजेन्सी । केही दिनअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा आएका थिए । 

डोनाल्ड ट्रम्पसँग पन्ती मेलानिया र छोरी इभांका पनि भ्रमणमा सहभागी थिए ।

भारत भ्रमणको क्रममा खिचिएको इभांकाका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

इभांकाको फोटोसप (एडिट) गरिएका तस्विरहरु समाजिक सञ्जालमा भाइरल भइरहेको हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये कतिले इभांकालाई ताजमहल अगाडि डायना बेन्चमा बसिरहेको बनाएका छन् । कसैले भने उनलाई साइकलमा राखेको तस्विर बनाएका छन् ।

आफ्ना तस्विरहरु व्यापक भाइरल भएपछि इभांकाले यसबारे मुख खोलेकी छिन् । यी तस्बिरको जवाफमा उनले भारतीय जनताको न्यानोपनको तारिफ गरेकी छिन् । साथै आफूले धेरै नयाँ साथी बनाएको उल्लेख गरेकी छिन् ।

यसमध्ये एक तस्बिर नायक दलजीत दोसांजको पनि छ । यसमा उनले इभांकासँगको (फोटोसप) तस्बिर शेयर गर्दै लेखेका छन्, ‘पिछा नै लागिन्, भनिन् मलाई ताजमहल जानु छ...’

अब यो ट्वीटमा इभांका ट्रम्प आफैंले जवाफ दिँदै लेखेकी छिन्, ‘मलाई ताजमहल देखाइदिएकोमा धन्यवाद । यो अनुभव म कहिल्यै बिर्सने छैन ।’

सुनील कुमार योगीले लेखेका छन्, ‘एक महिला जसले लाखौं भारतीयको मन जितिन् । इभांका फेरि भारत आउनुहोस् ।’

इभांकाले ताजमहल अगाडि खिचेको आफ्नो फोटो ट्वीटरमा पिन टु टप गरेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि