जेठ ०६, २०८१, आइतबार
               

दिल्ली हिंसाः मृतकको संख्या ४६ पुग्यो, नहरमा भेटिए थप शव

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । आइतबार थप चार वटा शव नहरमा भेटिएपछि मृतकको स.ख्या ४६ पुगेको हो । 

यसअघि हिंसामा परेर ४२ जनाको मृत्यु भएको पुष्टि दिल्ली प्रहरीले गरेको थियो ।

दिल्ली प्रहरीलेले आइतबार दुई वटा नहरमा चार वटा शव फेला पारेको छ । ती चार जनाको पहिचान हुन सकेको छैन । 

हिंसामा दुई सय भन्दा बढी घाइते भएका छन् ।घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

दिल्ली प्रहरीका अनुसार, आइतबार भने कुनै हिंसात्मक घटना भएनन् ।

यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको खबर सामाजिक सञ्जालमा फैलिएको थियो ।

सामाजिक सञ्जालमा त्यस्तो खबर फैलिएपछि एक बटाला हाउसस्थित शाह मस्जिद नजिक भागदौड भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भागदौडमा २८ वर्षीय एक युवकको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । तर, दिल्ली प्रहरीले भने समाचारको खण्डन गरेको छ ।

भागदौडका कारण ती युवकको मृत्यु नभएको दिल्ली प्रहरीको दाबी छ । भागदौडका कारण मृत्यु भएको भन्ने केही जानकारी नआएको भन्दै त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि