जेठ ०६, २०८१, आइतबार
               

काेराेना संक्रमणका कारण इरानी सांसदकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

कोरोना भाइरसबाट अति प्रभावित मध्यपूर्वी देश इरानमा सांसदको मृत्यु भएको छ । भाइरसको संक्रमणबाटै भर्खरै निर्वाचित भएका सांसद मोहम्मद अलि रमाजानी दस्तकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

नवनिर्वाचित सांसद मोहम्मद रमाजानीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भयो’ इरानी पत्रकार मोहम्मद अह्वाजेले ट्विटमा भनेका छन् । 

इरानमा महिला तथा परिवार आयोगकी उपाध्याक्ष, उपस्वास्थ्य मन्त्रीलगायत धेरै वरिष्ठ अधिकारीहरु पनि कोभिड–१९ बाट संक्रमित छन् । इरानमा अहिलेसम्म ४३ जनाको मृत्यु भइसकेको छ भने ५ सय ९३ संक्रमित छन् । 


कस्तो लाग्यो ?

यो पनि