जेठ ०३, २०८१, बिहीबार
               

इतिहास : हिटलर र स्टालिनको नाम पनि नोबेल शान्ति पुरस्कारमा !

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

जर्मन चान्सलर एडोल्फ हिटलर र सोभियत संघका पूर्व महासचिव जोफेस स्टालिन निरङशुक नेताका रुपमा विश्व इतिहासमा चिनिन्छन् । यहुदीमाथिको जातीय दमन र सफाया कारण हिटलर बद्नाम छन् भने आफ्ना विरोधीहरुको सामुहिक नरसंहार गरेका कारण- स्टालिन । 

तर रोचक कुरा, संसारभर आतंक मच्चाएका विश्वका यी दुई शक्तिशाली नेता समेत कुनै समय नोबेल पुरस्कारको मनोनयनमा परेका थिए । जर्मन तानाशाह एडोल्फ हिटलर सन् १९३९ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । जबकी, यही वर्ष दोस्रो विश्वयुद्ध सुरु भएको थियो । हिटलरको हठ र ज्यादतीलाई विश्वयुद्धको प्रमुख कारण मानिन्छ ।

हिटलरको नाम तत्कालीन स्विडिस सांसद इजिसी ब्रान्डटले सिफारिस गरेका थिए । जबकी, ब्रान्डट आफैँ हिटलरविरोधी थिए । ब्रान्डटले हिटलरको नाम सिफारिस गरेपछि खैलाबैला नै मच्चिएको थियो । उनका समर्थकहरुका अनुसार आफ्नै देशका सांसद् निरङ्कुश बन्दै गएपछि उनीहरुमाथि व्यङ्ग्य गर्न ब्रान्डटले हिटलरको सिफारिस गरेका थिए । 

यो त्यही समय थियो, जतिबेला स्विडेनका केही सांसद्ले बेलायतका प्रधानमन्त्री नेभिल चेम्बरलिनलाई सिफारिस गरेका थिए । त्यसैको सांकेतिक विरोधस्वरूप ब्रान्डेटले हिटलरको नाम सिफारिस गरेको उनका समर्थकहरू बताउँछन् । ब्रान्डटको सिफारिसका बाबजुद हिटलरको नाम अन्तिम मनोनयनमा भने परेन । अर्को रोचक कुरा, त्यस वर्ष नोबेल शान्ति पुरस्कार नै वितरण भएन । 

सोभियत संघका महासचिव जोसेफ स्टालिन दुईपटक शान्ति पुरस्कारको मनोनयनमा परेका थिए । सन् १९४५ र सन् १९४८ मा विश्वयुद्ध रोक्न भूमिका खेलेका कारण उनलाई मनोनयन गरियो । यतिबेलासम्म स्टालिन लोकप्रिय नै थिए । तर शक्तिशाली बन्दै गएपछि उनी निरंकुश भए । उनले आफ्नो शासनकालमा विरोधीहरूलाई सफाया गर्ने गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि