जेठ ०२, २०८१, बुधबार
               

निर्दयी आमाः जसले चार वर्षको छोरालाई ट्यांकीमा डुबाइन्

एजेन्सी
फागुन १८, २०७६

ADVERTISEMENT

एजेन्सी । श्रीमान-श्रीमतीबीचको झगडाका कारण चार वर्षको बच्चाको ज्यान गएको छ ।

भारत, राजस्थानको चिन्डावास्थित बुडानिया गाउँका एक दम्ती (विद्याधर स्वामी–सुनिता स्वामी) बीच झगडा हुँदै आएको थियो । झगडापछि आक्रोशित श्रीमती सुनिताले राति चार वर्षीय छोरा विवानलाई पानी ट्यांकीमा डुबाइदिएकी हुन् ।

त्यसपछि हत्यालाई हमला (आक्रमण) को रुप दिनको लागि हात र घाँटीको नसा काटिदिइन् । 

उनले छिमेकीहरुलाई सुनाइन् कि, 'कसैले आफ्नो छोरालाई आक्रमण गरेर उठाएर लग्यो ।' पछि पानी ट्यांकीमा शव फेला पर्यो ।

घटना भएको समय सुनिताका श्रीमान विवाह पार्टीमा गएका थिए । उनी घरमा थिएनन् ।

केही समयमा घटनास्थलमा प्रहरी आइपुग्यो । प्रहरीले सुरुमा सुनिताको कुरा विश्वास गर्यो । 

तर, अनुसन्धानको लागि ल्याइएको प्रहरीको कुकुरले तथ्य पत्ता लगाउन सहयोग गर्यो ।

कुकुर सुनिताको कोठादेखि पानी ट्यांकीसम्म घुमिरह्यो । प्रहरीले सुनतिाको खाटमुनि रगत लागेको सानो ब्लेड पनि फेला पार्‍यो । 

त्यसपछि सुतिाले घटनाको बारेमा मुख खोलिन् । 


कस्तो लाग्यो ?

यो पनि