जेठ ०३, २०८१, बिहीबार
               

चार हजार आप्रवासी टर्कीसँगको सीमा क्षेत्रमा रोकिए

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी युरोप प्रवेश गर्न रोकेको छ । 

ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानुनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको हो।

सिरियामा हिंसात्मक गतिविधि बढ्न थालेपछि टर्की हुँदै युरोप प्रवेश गर्ने अधिकांश सिरियाली विद्रोही रहेका अनुमान गरिएका छन् ।

‘संगठित, सामूहिक तथा गैरकानुनी रूपमा हाम्रा सीमा क्षेत्रमा आक्रमण बढाएको र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोपमा ग्रीसले शुक्रबारदेखि सीमालाई बन्द गरेको छ,’ सरकारका प्रवक्ता स्टेलियस पेट्सासले प्रधानमन्त्रीसँग शनिबार भएको आकस्मिक बैठकमा भने ।

उनले प्रधानमन्त्रीलाई बताए, ‘हामीले ग्रीसको सीमा क्षेत्रमा करिब चार हजारभन्दा बढी आप्रवासीलाई गैरकानुनी रूपमा प्रवेश गर्नबाट रोक लगाएका छौँ ।’ 

ग्रीसले सीमालाई कडाइ गरेपछि सीमाक्षेत्रमा ग्रीक प्रहरी र आप्रवासी तथा शरणार्थीबीच शनिबार झडप भएको बताइएको छ । सिरियाको इदलिब प्रान्तमा रूसको सहयोगप्राप्त सिरियाली सेना र टर्कीको सेनाबीच द्वन्द्व बढेपछि सिरिया छोडी युरोप प्रवेश गर्न खोज्न आप्रवासीको सङ्ख्या ह्वात्तै बढेको छ । 
 

यो पनि