बैशाख १७, २०८१, सोमबार
               

आज किन फरक देखियो गुगल ?

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

काठमाडौं । संसारभर अत्याधिक हेरिने साइट हो, गुगल डटकम । तपाइँले आज गुगल हेर्नुभएको छ भने, यसको लुक्स नयाँ देख्नुभएको होला । 

अन्य दिनको तुलनामा आज गुगलको होमपेज फरक देखिएको छ । यस्तो किन भयो त ? कारण यसतो छः 

सन् २०२० लिप एयर हो । लिप एयर परेको वर्ष अंग्रेजी क्यालेन्डरमा फेब्रुअरी महिना २९ दिनको हुन्छ । लिप एयर नपरेका महिनामा भने फेब्रुअरी महिना २८ दिनको मात्र हुन्छ ।

आज फेब्रुअरी महिनाको २९ तारिख हो । यसलाई अतिरिक्त दिन पनि भन्ने गरिन्छ । फेब्रुअरी २९ दिनको हुँदा उक्त वर्षमा ३६६ दिन हुन्छ ।

प्रत्येक चार वर्षमा लिप एयर पर्दछ । जसअनुसार अहिले सन् २०२० लिप एयर हो र एक अतिरिक्त दिन हो । त्यसैले आज एक दिन उपहार पाएको अर्थमा गुगलले लुक्स चेन्ज गरेको हो ।

अब सन् २०२४ मा यस्तो लिप एयर पर्छ । अर्थात अब सन् २०२४ को फेब्रुअरी महिना २९ दिनको हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि