जेठ ०२, २०८१, बुधबार
               

मंगाेलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

मंगोलियाका राष्ट्रपति बटुल्गा खल्टमाआलाई क्वारेन्टाइनमा राखिएको छ । चीन भ्रमणबाट स्वदेश फर्किएपछि कोरोना भाइरस संक्रमण भए नभएको हेर्न १४ दिनको क्वारेन्टाइनमा राखिएको द जकार्ता पोस्टले उल्लेेख गरेकाे छ । 

जनवरीमा चीनले कोरोना भाइरसको प्रकोप रोक्न सहरहरु क्वारेन्टाइनमा राखेदेखि बटुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुन् । राष्ट्रपति र विदेशमन्त्री त्सोग्तबातर डम्डिनसहितको टोलीले विहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेट गरेका थिए । 

भाइरसको संक्रमणको जोखिमबाट सावधानी अपनाउन उनीहरु चीनबाट फर्केर मंगोलिया पुगेपछि क्वारेन्टाइनमा राखिएको हो ।


कस्तो लाग्यो ?

यो पनि