जेठ ०३, २०८१, बिहीबार
               

दिल्ली हिंसाः ८२ जनालाई लाग्यो गोली, प्रहरीले के भेट्यो प्रमाण ?

एजेन्सी
फागुन १६, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्ली हिंसाको क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

हिंसामा २०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

तीन दिनसम्म दिल्लीमा जारी हिंसामा ८२ जनालाई गोली लागेको बताइएको छ । गोली लागेका ती ८२ मध्ये २१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये एक प्रहरी अधिकारी रतन लाल पनि रहेका छन् । 

गत सोमबार बिहान उनलाई गोली लागेको थियो । गोली लागेपछि उनको मृत्यु भएको थियो । 

दिल्ली प्रहरीो रिपोर्टअनुसार, अहिलेसम्म २५० जना हिंसाबाट प्रभावित भएका छन् । 

हिंसामा परेर ज्यान गुमाएका ३८ जनामध्ये २९ जनाको पहिचान भइसकेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

हिंसामा एक व्यक्तिलाई जिउँदै जलाएर मारिएको थियो । केहीमाथि तेजाब (एसिड) प्रहार गरेर तथा चक्कु प्रहारबाट हत्या गरिएको थियो ।

दिल्ली घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार, प्रहरीले केही प्रमाण फेला पारेको छ । ती प्रमाणका आधारमा स्थानीय अपराधी, पहिले पनि चोरी, लुटपाट तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परिसकेका व्यक्ति हिंसामा सामेल भएको पाइएको छ । 

विभिन्न आपराधिक समूहले प्रदर्शनकारीलाई हातहतियार उपलब्ध गराएको प्रहरीले बताएको छ । दिल्ली प्रहरीले अहिले हात हतियार लुकाएको आशंकामा विभिन्न स्थानमा छापा मार्न सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि