बैशाख २५, २०८१, मंगलबार
               

दिल्लीका हिंसापीडिलाई केजरीवालको साथ

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसापीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । 

उपमुख्यमन्त्री मनिस सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ठ  अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । 

रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु– मुस्लिम दंथामा ज्यान गएको थियो ।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुवैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरीसहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै दुई सय जना घाइते भएका छन् । 

यो पनि