जेठ ०३, २०८१, बिहीबार
               

हिंसामा जो परेः ११ दिनअघि मात्र गरेका थिए विहे

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तर पूर्वी इलाकामा भड्किएको हिंसामा अहिलेसम्म ३२ जनाको ज्यान गइसकेको छ ।

हिंसामा घाइते हुनेको संख्या २०० भन्दा बढी पुगेको छ । 

बुधबार र बिहीबार भने कुनै अप्रिय घटना भएको छैन । हिंसाग्रस्त क्षेत्रहरुमा अवस्था सामन्य हुँदै गइरहेको छ ।

दिल्ली प्रहरीका अनुसार, सबै नागरिक हिंसाको शिकार भएका छन् । बच्चादेखि वृद्धवृद्धा हिंसाको मारमा परेका छन् ।

अविवाहित, विवाहित, व्यपारी, मजदूर सबै हिंसाको शिकारमा परेका छन् । आफ्ना बालबच्चाको निम्ति दूध लिन निस्केका आमा–बाबुसम्म हिंसामा ज्यान गुमाउन बाध्य भएका छन् ।

अशफाक हुसैनको को फेब्रुअरी १४ मा विवाह भएको थियो ।

मुस्तफाबादमा बस्दै आएका अशफाक हुसैन काम गरेर घर फर्किंदै थिए, त्यही बेला बाटैमा उनको शरीरमा गोली लाग्यो । र उनी ढले

उनकी पत्नी तसनीमले भनिन् १४ फेब्रुअरीको दिन हाम्रो विवाह भएको थियो । आन्टी आजरा खातूनले भनिन्, उनी छिट्टै घर आउन खोजिरहेका थिए तर उनी हिंसाको शिकार बन्न पुगे ।

जिटिबी अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अमन नाम गरेका व्यक्ति दूध लिनको लागि घरबाट निस्किएका थिए । एक्कासी उनको घाँटीमा गोली लाग्यो । जाफााबादस्थित मेट्रो स्टेशननजिकै उनलाई गोली लाग्यो । गोली उनको घाँटी चिरेरै बाहिरै निस्किएको थियो ।


कस्तो लाग्यो ?

यो पनि