जेठ ०५, २०८१, शनिबार
               

हिंसा प्रभावित गाउँको कथाः हिन्दु-मुस्लिमले गरे एक-अर्काको संरक्षण

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी दिल्लीको उत्तर-पूर्वी इलाकामा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

उक्त हिंसामा २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई समूहबीच सुरु भएको विवाद एक्कासी साम्प्रदायिक बनेको हो ।

हिंसा चर्कदै जाँदा अधिकांश स्थानमा तोडफेड र आगजनी भएका भएका छन् ।  

यसैबीच केही स्थानमा एकता र भाइचाराको सम्बन्धको खबर पनि सार्वजनिक भएका छन् ।

टाइम्सको रिपोर्टअनुसार, शिवविहारमा रहेको इन्दिरा विहारमा मानिसहरु एक अर्कालाई मदत गरिरहेका थिए । 

यस इलाकामा ३२०० घरधुरी छ । जहाँ करिब आठ घर हिन्दु परिवारको छ ।

हिंसा भड्कँदै गएपछि हिन्दु परिवार र मन्दिरको सुरक्षाका लागि त्यस इलाकाका सबै मुस्लिम मानिसहरु आए ।

यहाँ एक स्थानीय वसीमले भने, 'चाहे दिवाली होस् या अन्तिम संस्कार, हामी सधैं एक अर्कालाई साथ दिन्छौं ।'

नजिकै रहेको एक घरमा निलो रंगको ढोका छ । ढोका बाहिर कागजमा लेखिएको छ, परवेज अन्सारी । घरको भित्ता कपडाले ढाकिएको छ । जहाँ हिन्दु देवी देवताको चित्र छ । 

इन्दिरा विहारमा बुधबार तीन मुस्लिम युवाले त्यहाँको मन्दिर रक्षाको लागि उभिए । अर्का एक स्थानीयले भने, 'हामी सधैं शान्तिसँग बस्दै आएका छौं ।'

शिव विहारमा पूजाआजा गरिने एक स्थानमा केही नोक्सान पुर्याइएको छ । 

नजिकै रहेको एक घरमा निलो रंगको ढोका छ । ढोका बाहिर कागजमा लेखिएको छ, परवेज अन्सारी । घरको भित्ता कपडाले ढाकिएको छ । जहाँ हिन्दु देवी देवताको चित्र छ । 

यो हिन्दु परिवार बस्ने घर हो । तर घर बाहिर मुस्लिम नाम राखेपछि यहाँको घर र परिवारको ज्यान बचेको हो ।

यहाँका स्थानीय नन्दलालले भने, यहाँ रहने मानिसहरुका कारण हामी सुक्षित रह्यौं । यहाँ कसैले पनि बाहिरी आन्दोलनकारीलाई प्रवेश गर्न दिएनन् । 

स्थानीय तस्लीम अंसारीले भने, शिव विहारमा बाहिरबाट आएका मानिसले आगो लगाए । जसबाट केही नोक्सान भएको छ ।


कस्तो लाग्यो ?

यो पनि