जेठ ०८, २०८१, मंगलबार
               

वुहान र जापानबाट फर्किए भारतीय नागरिक, एक नेपाली पनि दिल्लीमा

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । जापानको योकोहामा तटमा रोकिएको पानीजहाजमा ११९ जना भारतीय नागरिक र अन्य पाँच विदेशी नागरिकलाई दिल्ली ल्याइएको छ ।

उता चीनको वुहान शहरबाट भारतीय वायुसेनाका विमान पनि दिल्ली फर्किएको छ । उक्त विमानमा ७६ भारतीय र ३६ जना विदेशी नागरिक छन् ।

कोरोनाभाइरस संक्रमण भए–नभएको पुष्टि गर्न जापान र चीनबाट ल्याइएकालाई थर्म स्क्रिनिङपछि आइटिबिपीको छावलास्थित अब्जर्भेसन सेन्टरमा राखिएको छ ।

जापानबाट ल्याइएकाहरु श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिक छन् । 

फेब्रुअरी ३ देखि डायमन्ड प्रिन्सेस शिपलाई योकोहामा रोकेर राखिएको थियो । जसमा १३८ जना भारतीय नागरिक फसेका थिए । जसमा १६ भारतीय नागरिक कोरोना भाइरसबाट संक्रमित थिए ।

१५ टन चिकित्सा उपकरण चीन निर्यात

भारतीय सेनाको विमान १५ टन चिकित्सा उपकरण लिएर वुहान उडेको थियो । मास्क, ग्लव्स र अन्य इमरजेन्सी चिकित्सा उपकरण भारतले चीनलाई उपलब्ध गराएको छ ।


कस्तो लाग्यो ?

यो पनि