जेठ ०६, २०८१, आइतबार
               

अपडेटः दिल्लीमा झनै चर्कियो आन्दोलन, २० जनाको मृत्यु

एजेन्सी
फागुन १४, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी दिल्लीमा चर्किएको हिंसाले झनै उग्र रुप लिएको छ । 

सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोधमा हिंसा चर्किएको हो । 

हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिंसामा १९० घाइते भएका छन् ।

सोमबार र मंगलबार उत्तरपूर्वी दिल्लीको मौजपुरको चाँदबाग क्षेत्रमा तनाव चर्किंदा थप प्रहरी परिचालन गरिएको थियो । 

प्रहरीले जाफराबादमा जारी नागरिकता ऐन विरोधी धरना स्थललाई खाली गराएका छन ।

दिल्लीको गोकुलपुरी क्षेत्रस्थित स्क्रैप बजारमा आज विहान आगजनी भएको छ । 

घटनाका प्रत्यक्षदर्शीका अनुसार आज विहानै एक समुहले यहाँ आगजनी गरेका थिए । 

नयाँ कानुनमा के छ ?

भारतले जारी गरेको नयाँ नागरिकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ।

भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) समुदायका मानिसहरुलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् । 

भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारका विरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिदै आएका छन् ।

हवल्दारका परिवार धर्नामा

त्यसैगरि दिल्लीमा भएको हिंसाको क्रममा मृत्यु भएका प्रहरी हवल्दार रतनलालका परिवार धर्नामा बसेका छन् । राजस्थानको सिकर निवासी मृतक हवल्दार रतनलाललाई सहिद घोषणा गर्न माग गर्दै उनको परिवार धर्नामा बसेको हो ।


कस्तो लाग्यो ?

यो पनि