बैशाख २५, २०८१, मंगलबार
               

दिल्लीमा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी
फागुन १४, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्लीको उत्तर पूर्वी इलाकामा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । 

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका थिए। 

सोमबार ८१ जना र मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको थियो । यीमध्ये केही घाइते उपचारपश्चात घर फर्किसकेका छन् । 

दिल्ली पुलिसका ५६ जवान घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि