जेठ ०५, २०८१, शनिबार
               

इजिप्टका पूर्व राष्ट्रपति मुवारकको निधन

एजेन्सी
फागुन १४, २०७६

ADVERTISEMENT

काएरो । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।

उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको हो । 

अलाले आफ्नो ट्वीटमा भनेका छन्, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।” 

उनको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ । 

इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए ।

सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि