बैशाख २५, २०८१, मंगलबार
               

प्रहरीमाथि फायरिङ गरेका शाहरुख पक्राउ

एजेन्सी
फागुन १३, २०७६

ADVERTISEMENT

नागरिकता संशोधनको कानुनलाई लिएर फेरि दिल्लीमा हिंसात्मक झडप हुन थालेको छ । 

सोमबार भएको हिंसात्मक झडपमा एक प्रहरी अधिकारी सहित अन्य चार जना सर्वसाधारणको मृत्यु भयो ।

प्रदर्शरमा उत्रिएकामध्ये एक प्रदर्शनकारीले आठ राउन्ड हवाइ फयरिङ गरेका थिए । प्रहरीले उक्त व्यक्तिको खोजी कार्य जारी राखेको थियो ।

उक्त व्यक्तिको पहिचान भइसकेको र उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । 

उनको नाम शाहरुख भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसलाई ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएको छ ।

दिल्ली प्रहरीका अनुसार, प्रर्दशनपश्चात भड्किएको हिंसामा रातो टिशर्ट लगाएका शाहरुखले गोली चलाएका थिए ।

शाहरुखले जफराबादको सडकमा प्रहरीसामु आठ राउण्ड गोली चलाएका थिए । प्रहरीले उनलाई रोक्ने प्रयास गरे पनि उनले गोली चलाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि