जेठ ०५, २०८१, शनिबार
               

ट्रम्पको प्रेमकहानीः स्लोवेनियाकी सुन्दरीलाई १५ लाख डलरको औंठी (तस्विरसहित)

एजेन्सी
फागुन १३, २०७६

ADVERTISEMENT

एजेन्सी । दुई दिने भारत भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्लीमा छन् । उनी सोमबार दिल्ली आइपुगेका हुन् । ट्रम्पसँगै फर्स्ट लेडी मेलानिया पनि भारत भ्रमणमा छिन् ।

सुपर मोडल मेलानियाले कसरी भेटिन ट्रम्प ?

मेलानिया ट्रम्पकी तेस्रो पत्नी हुन् । मेलानिया युगोस्लाभिया (हालको स्लोवेनिया) की सुपर मोडल थिइन् । उनी कहिले पनि न्युड फोटोशुट गर्न हिच्किचाउँदैनथिइन् । उनी सन् १९९६ देखि अमेरिकामा बस्न थालेकी हुन् । सन् २००६ मा उनले अमेरिकी नागरिकता प्राप्त गरिन् । 

स्लोवेनिया इस्टर्न युरोपको एक हिस्सा हो । फर्स्ट लेडी र ट्रम्पबीच पहिलो भेट १९९८ मा न्यूयोर्कमा भएको थियो । एक फेशन शोपछिको पार्टीमा यी दुई बीच भेट भएको हो ।

भेटपछि दुईबीच नजिकको सम्बन्ध कायम भयो । उनीहरुबीच प्रेमसम्बन्ध स्थापित भयो । सन् १९९९ मा सार्वजनिक एक अन्तर्वार्तापछि यो जोडीको सम्बन्धले चर्चा पाउन थाल्यो ।

५२ वर्षका ट्रम्पको २८ वर्षकी मेलानियासँग प्रेम 

जब पहिलोपटक यी दुईबीच भेट भएको थियो । त्यस समयमा ट्रम्प ५२ वर्षका विवाहित व्यक्ति थिए । उनको दुई पटक विवाह भइसकेको थियो । त्यस समयमा मेलानिया २८ वर्षमा हिडिरहेकी थिइन् । उक्त पार्टीमा दुईबीच कुराकानी भयो, एक अर्काको नम्बर पनि एक्सचेन्ज गरे । र एक हप्तापछि दुई जनाबीच डेटिङ सुरु भयो ।

सन् २००४ मा दुईबीच इन्गेजमेन्ट भयो । १५ लाख डलरको औंठी लगाइदिएर ट्रम्पले मेलानियालाई विवाहको प्रस्ताव गरेको खबर निकै भाइरल भएको थियो ।

विवाहको १५ वर्ष 

स्लोवेनियन, इङलिस, फ्रेन्च, सर्बियन र जर्मन भाषा समेत बोल्न सक्के मेलानिया ट्रम्पभन्दा (उमेरमा) २४ वर्ष कलिली छिन् ।

२००५ जनवरी २२ मा यी दुईको विवाह भयो । यनीहरुको विवाह फ्लोरिडाको पाम बिचमा रहेको चर्चमा भएको थियो । 

मेलानियाले विवाहमा २००,००० डलरको ड्रेस लगाएकी थिइन् । मिलानियाले सन् २००० मा पुरुषको म्यागेजिन जिक्यूको लागि न्यूड फोटोशुट गरेकी थिइन् । उक्त फोटो निकै भाइरल भएको थियो ।

एक छोराको बाबु-आमा 

मेलानियाले २००६ मा छोरालाई जन्म दिइन् ।  जसको नाम बैरन विलियम ट्रम्प हो । मिलानिया न्युड पोज दिने पहिलो अमेरिकी फर्स्ट लेडी हुन् ।


कस्तो लाग्यो ?

यो पनि