जेठ ०५, २०८१, शनिबार
               

ताजमहल पुगेपछि यसकारण भावुक भए ट्रम्प (फोटोफिचर)

एजेन्सी
फागुन १३, २०७६

ADVERTISEMENT

आगरा । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियाको साथ सोमबार ताजमहल पुगे । 

ट्रम्पले मेलानियाको साथमा ताजमहलमा डेढ किलोमिटर सम्म हिँडे । उनीहरुले फोटो सेशन पनि गरे । भिजिटर बुकमा ट्रम्पले लेखे, ताजमहल भारतको समृद्ध संस्कृतिको प्रतीक हो ।

टुरिस्ट गाइड नितिन सिंहले ट्रम्प र फर्स्ट लेडीलाई ताजमहलसँग जोडिएको किस्सा सुनाए । 

ट्रम्पकी छोरी इवान्काले सहयोगीलाई आफ्नो मोबाइल दिइन् र फोटो खिच्न लगाइन् । 

टुरिस्ट गाइड नितिन सिंहले प्रमेको प्रतीक ताज महलबारेको किम्बदंती सुनाउने क्रममा (शाहजंहा–मुमताजको प्रेम कहानी सुनेर) ट्रम्प निकै भावुक (इमोशनल) भएका थिए ।

जब ट्रम्पले पहिलोपटक आँखा अघि ताजमहल देखे तब उनले भने, इनक्रेडिबल । ट्रम्पलाई ताजमहलसँग जोडिएको कहानी थाहा थिएन । जब गाइडले मुमताज–शाहजहांको प्रेमकहानी र शाहजहांको मृत्युको बारेमा बताए, त्यो सुनेर ट्रम्प निकै इमोशनल भए । 

यसअघि आगरामा ट्रम्पलाई (एयरपोर्टमा) राज्यपाल आनन्दी बेल पटेल र मुख्यमन्त्री योगीले स्वागत गरेका थिए ।


ट्रम्पको स्वागतमा भित्ताहरुमा चित्र कोरिएको थियो


कस्तो लाग्यो ?

यो पनि