जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसले किन बहिस्कार गर्यो ट्रम्पसँगको रात्रिभोज ?

एजेन्सी
फागुन १३, २०७६

ADVERTISEMENT

नयाँ दिल्ली । आज (मंगलबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको दोस्रो दिन हो । 

ट्रम्पलाई आज दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिदै छ । उक्त अवसरमा उनलाई गार्ड अफ अनर दिइनेछ ।

त्यसपछि ट्रम्प र उनकी पत्नी मेलानिया राजघाट जाने कार्यक्रम छ । राजघाटमा ट्रम्पले भारतका राष्ट्रपिता (महात्मा गान्धी) लाई श्रद्धासुमन अर्पण गर्नेछन् ।

त्यसपछि फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । उक्त वार्तामा दुई देशका प्रतिनिधिमण्डलको समेत सहभागिता रहने बताइएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले ट्रम्पको सम्मानमा डिनरको आयोजना गर्नेछन् ।

डिनरमा कांग्रेस नजाने 

ट्रम्पको सम्मानमा आयोजित रात्रिभोज (डिनर) मा भारतीय कांग्रेस पार्टी सहभागी नहुने भएको छ । पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि डिनरमा सहभागी हुने छैनन् । 

राष्ट्रपति भवनमा हुने रात्रिभोजमा सोनिया गान्धीलाई नबोलाइएपछि कांग्रेसका अन्य नेताहरुले निम्तो अस्विकार गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि