जेठ ०५, २०८१, शनिबार
               

ट्रम्पदेखि २० किलोमिटरको दुरीमा हिंसात्मक झडप, पाँचको मृत्यु

एजेन्सी
फागुन १३, २०७६

ADVERTISEMENT

एजेन्सी । नागरिकता संशोधन सम्बन्धी कानुन अर्थात सीएएको मुद्दालाई लिएर उत्तर पूर्वी दिल्लीमा सोमबार (दोस्रो दिन) पनि झडप भयो ।

जाफराबाद तथा मौजपुर इलाकामा सीएए विरोधी र प्रहरीबीच भएको झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

झडपमा एक प्रहरी अधिकृत रतन लालको समेत ज्यान गएको छ । दिल्ली प्रहरीका अनुसार झडपमा अन्य चार व्यक्तिको मृत्यु भएको छ । साथै केही प्रहरी र थुप्रै सर्वसाधारण घाइते भएका छन् ।

आन्दोलनकारी केही स्थानमा गाडीहरु समेत जलाइदिएका छन् । आइतबार पनि यस क्षेत्रमा आन्दोलन भएको थियो । 

प्रदर्शन हिंसात्मक बन्दा प्रहरीसँग झडप भएपछि प्रदर्शनस्थल युद्ध मैदानजस्तो बनेको थियो । प्रदर्शनलाई दबाउन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमै रहेका बेला दिल्लीमा विरोध प्रदर्शन भएको हो ।

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानुनको विरोधमा श्रृंखलावद्ध प्रदर्शन हुँदैआएको छ । खासगरी मुस्लिम समुदाय, महिला र अल्पसंख्यक समुदायले यसको विरोध गर्दैआएका छन् ।

जुन क्षेत्रमा हिंसा भड्किएको थियो त्यो चाणक्यपुरीदेखि करिब २० किलोमिटरको दुरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । ट्रम्प दुई दिने भारत भ्रमणको क्रममा सोमबार दिल्ली आएका छन् ।

हिंसा भड्किएपछि भारतका गृमहन्त्री अमित शाहले आपतकालिन बैठक डाकेका थिए । 


कस्तो लाग्यो ?

यो पनि