जेठ ०५, २०८१, शनिबार
               

माेदी ट्रमसँग व्यस्त, आन्दोलनमा एक जना प्रहरी अधिकृतकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

भारतको नयाँदिल्ली र आसपासका क्षेत्रमा नागरिकता कानूनको विरोधमा जारी  प्रदर्शनले  हिंसात्मक रुपमा लिएकाे छ ।

प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा एक प्रहरी अधिकृतको मृत्यु हुनुका साथै एकजना घाइते छन् । आइतबार पनि दिल्लीमा विशाल प्रदर्शन भएको थियो । प्रदर्शनकारीले आन्दोलनको क्रममा ढुंगा प्रहार गर्नुका साथै चर्को नारावाजी गर्ने क्रममा हिंसात्मक बन्न पुगेको हो ।

भारतीय मिडियाका अनुसार प्रदर्शन हिंसात्मक बन्दा प्रहरीसँग झडप भएपछि प्रदर्शनस्थल युद्ध मैदानजस्तो बनेको थियो । प्रदर्शनलाई दबाउन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको थियो ।

सरकारले विरोध प्रदर्शन दबाउन ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । साथै प्रदर्शन हुने स्थानलाई लक्षित गर्दै सार्वजनिक स्थलमा भेला वा सभा गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमै रहेका बेला दिल्लीमा विरोध प्रदर्शन भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा उच्चस्तरीय अधिकारीहरु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई घुमाउन सोमबार गुजरातको अहमदाबादमा पुगेका छन् । उनीहरु मंगलबार पनि ट्रम्पसँगै व्यस्त हुनेछन् ।

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानुनको विरोधमा श्रृंखलावद्ध प्रदर्शन हुँदैआएको छ । 


कस्तो लाग्यो ?

यो पनि