जेठ ०५, २०८१, शनिबार
               

ट्रम्प र मेलानियाद्वारा ताज महल भ्रमण

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गरेका छन् । उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध  भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको छ ।

अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गरेका थिए । आग्रा एयरपोर्टमा आइपुगेपछि ट्रम्प दम्पत्तीले उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका हुन् । पाहुनाहरूलाई स्वागत गर्न विमानस्थलमा लोक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएका थिए ।

उनीहरूलाई विमानस्थलबाट ताजमहलसम्म पुग्ने बाटोमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले भारतीय तथा अमेरिकी झण्डा हल्लाएर स्वागत गरेका थिए ।

ट्रम्प दम्पत्तीले भ्रमणका लागि विशेष छानेको उक्त ऐतिहासिक स्थलमा बेलायती राजकूमारी डायना, राजकूमार विलियम, केट मेडल्टन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनका परिवार र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलगायतका विश्वका उच्च पदस्थ अधिकारीहरूले पनि भ्रमण गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि